News Portal

बागलुङको ढोरपाटनमा चट्याङ लागेर एक जनाको मृत्यु भएक

जनगर्जन संवाददाता२०८१ बैशाख २५
२७६ पटक

बैशाख २५,बागलुङ । बागलुङमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ ।

बागलुङको ढोरपाटन नगरपालिका–३ पुर्कोटमा सोमबार साँझ भारी वर्षातसँगै परेको चट्याङ लागेर ५६ वर्षीया कुम बहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले बताए ।

घरमा बसिरहेको अवस्थामा अचानक आएको वर्षा हावाहुरी संगै चट्याङ परेपछि घाइते भएका पुनलाई बुर्तिबाङ स्वास्थ्य केन्द्र पुर्याईएको थियो । स्वास्थ्य केन्द्र पुगेपछी निजलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक विकले बताए ।

प्रतिकृया दिनुहोस्