News Portal

नेकपा माओवादी केन्द्र र नेसपा बिछ एकता प्रक्रिया अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय

जनगर्जन २०८१ बैशाख ४
२२८ पटक

बैशाख ४,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका लागि नया मोडालिटी तयार गर्ने निर्णय गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको एकताको लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न बसेको बैठकले दुवैतर्फ एकता प्रक्रियालाई अगाडी बढाउन नया मोडालिटी तयार गर्ने निर्णय गरेको हो ।

बैठकमा पार्टी एकताका लागि दुवै तर्फको संगठनात्मक स्थिति बारे एक आपसमा जानकारी गराउने काम पनि भएको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिएका छन

बैठकमा माओवादी केन्द्रका तर्फबाट कार्यदल सदस्यहरु महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माको उपस्थिति रहेको थियो भने नेपाल समाजवादी पार्टीको तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव रहेका थिए ।

प्रतिकृया दिनुहोस्