कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य सम्झना सीले जनयुद्धलाई सम्झाैतामा टुंग्याएर तत्कालीन नेतृत्वले धाेका दिएकाे आराेप लगाएकी छन् । २९ औं जनयुद्ध दिवसकाे अवसरमा नेकपा केन्द्रीय कार्यालय कपिलवस्तुमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उनले यस्ताे बताएकी हुन् ।
८० प्रतिशत भूभागमा कम्युनिस्ट झण्डा फहराएर विजयी हुँदा पनि तत्कालिन नेतृत्वले साम्राज्यवादसँग सम्झाैता गरेर जनतालाई धाेका दिएकाे उनकाे भनाई थियाे । त्यहि धाेकाबाट उठेर नेकपाले एकीकृत जनक्रान्तिकाे कार्यदिशा विकास गरेकाे बताइन् ।
जनवादी विवाहदेखि सी संस्कृतिसम्मकाे विकास ऐतिहासिक उपलब्धी भएकाे भन्दै यसलाई जनस्तरमै पुर्याउनु पर्नेमा उनकाे जाेड थियाे । जनयुद्ध सर्वहारावर्गको निम्ति निकै ठूलो इतिहास बनेकाे उनकाे भनाई थियाे ।
जनयुद्धकाे रक्षा नेकपाले मात्र गर्न सक्ने भन्दै । त्यसैकाे जगमा एकीकृत जनक्रान्तिकाे विकास भएकाे जिकिर गरिन् । कार्यक्रममा महासचिव विप्लवकाे अध्यक्षता रहेकाे थियाे भने नेकपा पाेलिटव्युराे सदस्य संजिव सीले संचालन गरेका थिए । कार्यक्रमका उपस्थिति नेता कार्यकर्ता तथा जनसमुदायलाई नेकपा पाेलिटव्युराे सदस्य विजय सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रमका सामना परिवारले बेजाेड प्रस्तुती प्रस्तुत गरेकाे थियाे ।
जनयुद्धलाई सम्झाैतामा टुंग्याएर तत्कालीन नेतृत्वले धाेका दिएकाे आराेप लगाएकी छन। सम्झना सी
जनगर्जन संवाददाता२०८० फाल्गुण १
- श्रमिक दिवस यसरी मनाउदै छन महासचिव विप्लव सी
- आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईदै
- कीर्तिपुरमा बस दुर्घटना, एकको मृत्यु ३ घाइते
- नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
- बागलुङको ढोरपाटनमा चट्याङ लागेर एक जनाको मृत्यु भएक
- अग्नी पीडितलाई गास बासको व्यवस्था गर्न युवा संगठनको माग
- मद्येस प्रदेश स्तरिय प्रशिक्षण सुरु
- ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते
- मध्यपूर्वको लडाइँले साम्राज्यवाद मरणासन्न अवस्थामा छ भन्ने पुष्टि हुन्छ : आस्था सी
- माक्र्सवाद लागू गर्ने कम्युनिस्ट पार्टी नेपालमा अहिले पनि जिवित छ : आजाद सी