News Portal

सामाखुशी खोलामा बेपत्ता बालकको शव ११ दिनपछि भेटियो

जनगर्जन संवाददाता
३३० पटक
काठमाडौं । गत साउन ७ गते काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ ।

 

सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगरको शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

उनका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकाली स्थित बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्