News Portal

अक्सफोर्ड प्राक्टिकल स्कुलले सकारात्मक सोच र व्यवहार विकासका लागी प्यानल छलफल सम्पन्न

जनगर्जन संवाददाता
६०८ पटक

भक्तपुरस् अक्सफोर्ड प्राक्टिकल स्कुलमा भक्तपुरले सकारात्मक सोचर व्यवहार विकास गराउने उदेश्यका साथ प्यानल छलफल कार्यक्रम गरेको छ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुमा सकारात्मक सोच र व्यवहार कसरी विकासका गर्न सकन्छि भन्ने कुरा सीकाउने उदेश्यका गरिएको कार्यक्रमका संयोजक शिक्षक श्री जीवन सुवाल जानकारी दिए । सकारामक सोच वम र वारुदको भन्दा हजारौं गुणा बढी शक्तिशाली हुन्छ । जीवनको कठिनाई र चुनौतीले नै वास्ताविक जीवनको रहस्य बुझ्न सकारामक सोच, चिन्तन हुनुपर्ने कुरामा जोड दिंदै युवा जोस, जागर, व्यक्तित्व विकास र क्षमता अभिबृद्धि तथा प्रस्तुतीकरणलाई मजबुट बनाउने यस कार्यक्रम सफल भएको छू उनले भने।

छलफलमा सहभागी शिक्षक प्रहलाद लम्सालले सकारात्मक सोचको महत्व, सोच विधि र अभ्यास बारे आफ्नो अनुभव सुनाए । त्यस्तै, निराजन सिलवालले युवा वर्गको इच्छा, चाहना, संवेग र वौद्धिक विकासको लागि घर, परिवार, समाज र सरोकारवालाले सही मार्गनिर्देश गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा विद्यार्थीहरु योग्यता पौडेल र विक्रम मोक्तानले सकारात्मक सोच अभिवृद्धि र व्यवहार विषयमा अनुभव प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्