News Portal

  • अक्सफोर्डमा कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

    जनगर्जन संवाददाता
    ३३१ पटक

    भक्तपुर , विगत २६ बर्षदेखी अनवरत रुपमा भक्तपुर शिक्षा क्षेत्रमा योगदान गर्दै आएको , उत्कृष्ट विद्यालय अक्सफोर्ड प्राक्टिल स्कुलमा यो वर्ष +2 अन्तर्गत कक्षा ११ मा व्यवस्थापन संकायमा उत्साहजनक विद्यार्थीहरुको सहभागीता देखिएको छ। हालै विद्यालयका कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई विषयगत जानकारी, परिचयात्मक एवम अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ। विद्यालयका अध्यक्ष राम दुवालको सभापतित्वमा UNYSN का अध्यक्ष , संचारकर्मी र THE YOUTH TIMES का सम्पादक मदन राईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई कक्षा ११ को विषयगत परिचय , प्रेरणात्मक तथा जीवनवृती बारे अभिमुखिकरण गरिएको छ। कार्यक्रममा विद्यालयका शिक्षक शिव भुजुदारा विद्यार्थीहरुलाई स्वागत गरिएको थियो।आज को यस प्रतिस्पर्धात्मक युगमा विद्यार्थीहरुले बिना संकोच प्रश्न गर्ने बानीले थप सिर्जनात्मक एवम क्रीयाशील बन्न मद्द्त गर्दछ र आजका विद्यार्थी माथी नै भोलीको भविस्य जोडिएको हुदा विद्यार्थीलाई अझ मिहेनेती हुन प्रमुख अतिथी मदन राई विद्यार्थीहरुलाई प्रेरित गर्नुभयो।


    साथै विषयगत प्रधायप्कहरुले पनि पारिचय संगै प्रयोगात्मक शिक्षणशिकाइ बारेमा विद्यार्थीहरुलाई अवगत गराउनुभयो। कार्यक्रममा कक्षा ११ व्यावस्थापन संकायका शैक्षिक संयोजक निराजन सिलवालले विद्यालयको परिचय , पठनपाठन , कक्षा संचालन समयतालिका , अनुशासन एवम भावी शैक्षिक गतिविधिबारे जानकारी गराउनु भयो।


    कार्यक्रमको अन्तमा कार्यक्रमका सभापती विद्यालयका अध्यक्ष राम दुवालद्वारा कक्षा ११ का विद्यार्थीहरुलाई अक्सफोर्डले शिक्षा क्षेत्रमा गरेको योगदान, विभिन्न क्षेत्रमा छरिएका सफल र प्रेरणादायी विद्यार्थीहरुले प्राप्त गरेका सफलताले सबै विद्यार्थीहरुलाई मार्गनिर्देशन गर्ने आशा गर्दे कार्यक्रम समापन गर्नुभयो।

    प्रतिकृया दिनुहोस्