News Portal

  • उपत्यका छिर्ने व्यक्तिमा ज्वरो आएको पाइए पिसीआर रिपोर्ट देखाउनुपर्ने

    जनगर्जन संवाददाता
    ९१५ पटक

    १८ चैत, काठमाडौं । उपत्यका छिर्ने व्यक्तिमा ज्वरो आएको पाइए पिसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ । कोरोना संक्रमणको दर बढिरहेका बेला ज्वरो देखिएका व्यक्तिले पिसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने प्रावधान राखिएको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार नाकामा ज्वरो नाप्ने कार्यलाई कडाइका साथ लागू गरिएको छ । ‘नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट खटिएकाले ज्वरो नाप्छन्’, पराजुलीले अनलाइनखबरसँग भने, ‘ज्वरो वा अन्य लक्षण देखिए पिसीआर रिपोर्ट देखाउन अनिवार्य गरेका छौं ।’

    महामारी फैलिन नदिन साबुन पानीले हात धुने, सामाजिक दूरीको पालना गर्ने जस्ता कुरामा चेतना बढाउने खालका गतिविधि पनि थालिएको पराजुलीले बताए ।
    प्रतिकृया दिनुहोस्