News Portal

आरसीपी बजारमा सहिदको चिहानमाथि उठेका राता मुठ्ठीहरु

वसन्त वि. क.२०८१ फाल्गुण १५
११० पटक

फागुन १४ गते बुधवारको दिन थियो । यो ऐतिहासिक दिन हुदै थियो । हामी रास्कोटको आरसीपी बजारमा थियौ । आरसीपी बजारको नामाकरण पनि सहिदको नामहरुबाट जुराईएर बनाइको बजार थियो । यहाँ क्रान्तिकारी योद्धा विप्लव पुग्नु भएको थियो । उहाँ जनसभालाई सम्वोधन गर्न १३ गते साँझ नै आरसीपी बजार पुग्नु भएको थियो । बजार तातिएको थियो । जव दिउसोको १२ बज्यो, विस्तारै चारैतिर कमिला जस्तै ताँती देखिन थाल्यो । जहाँ एकीकृत जनक्रान्ति जिन्दावाद ! नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ! महान सहिदहरु अमर रहुन ! भन्दै गगनभेदी नाराहरु गुन्जिन थाल्यो । दमाह बजाउदै हुड्के नाच नाच्दै र झाँकी प्रस्तुत गर्दै नारा जुलुस सुरु भयो । आफैपनि महासचिव विप्लव सी पनि त्यो जुलुसमा उभिनु भयो । फुलमालाले विप्लवलाई भव्य स्वागत गरिदै थियो । रास्कोटी जनताले जननेता आउँदा अभिभावक पाएको अनुभूति गरिरहेका थिए । हात –हातमा क्रान्तिका राता झण्डाहरु फरफरराई रहेका थिए । क्रान्तिका राता झण्डाहरुले सहिदको सपना पुरा गर्ने क्रान्तिकारी विचार र नेताको खोजि गरिरहेका थिए । तर विप्लवलाई भेट्दा ति झण्डाहरु उत्साहित देखिन्थे ।

रास्कोटी जनताको कमिला जस्तै ताँती थियो । यो ताँती जहाँ आज भन्दा भन्दा २५ बर्ष अघि २०५६ साल चैत्र ४ गते तत्कालिन हत्यारा प्रहरीले सामुहिक हत्या गरेका ४ जना महान योद्धा गाडेको चिहानमा पुग्दै थियो । त्यही चिहानको माथि जनसभाको मञ्च तयार पारिएको थियो । नेपाली जनताको मुक्ति यात्रामा लागेका महान क्रान्तिकारी योद्धा धीर वहादुर बम ( दुरदर्शी) चरित्रा न्यौपाने (बन्दना),रंगनाथ न्यौपाने (जीवनवली) र जगदिश रोकाया (न्याय)को चिहान थियो । उनीहरुले हाँसी हाँसी श्रमजीवी जनताको मुक्तिको लागि बलिदान गरेका थिए । बेल्केढुङंगादेखि आरसीपी बजारसम्म उनीहरुको रगतले सिंचित भूमि थियो । रगतको टिका लगाउदै रास्कोटी राता मान्छेहरु महान सहिदहरु गाडिएको चिहान माथि क्रान्तिकारी मुठ्ठी उठाईरहेका थिए । जब राता मान्छेको ताँती चिहानमा पुग्यो । तब ती मान्छेहरु त्यही चिहान माथि मुठ्ठी मात्र उठाउदै थिएनन् सपना पुरा गर्ने कसम पनि खादै थिए ।
चारैतिर झकिझकाउ मञ्चमा नेकपाका केन्द्रीय सदस्य बलवान सीको संचालन र विवेक सीको सभाअध्यक्षताा जनसभा सुरु भयो । जनसभामा प्रमुख अतिथिको रुपमा महासचिव विप्लव सीको आसनग्रहण भयो । अन्य अतिथिहरुको पनि आसनग्रहण भयो । सहिद पत्नी विरिन्द्रा न्यौपाने,संगीता योगीको नाम पनि आसन ग्रहणका लागि बोलाईयो । सबैको मनमा उत्साहसंगै भावनाका छालहरु प्नि छ–छल्की रहेका थिए । कार्यक्रम स्थलमै सहिदहरु गाडिएका थिए । उनीहरु हामी सबैलाई नियाली रहेका थिए । चारैतिर राता झण्डाहरु पनि फरफराईरहेका थिए । चिहानबाट विउझिएका सहिदहरुले भन्दै थिए ‘हाम्रो रगतको मुल्य कहिले पुरा हुन्छ ? हाम्रो सपना कहिले पुरा हुन्छ ? माओवादी सत्तामा पुगेर किन हामीलाई विर्सन खोजेको हो ? किन माओवादी विभाजन हुनुपर्ने अवस्था भयो ? अव माओवादीहरु रुपान्तरण भएर एक हौं । दलाल पुँजीवादको अन्त्य गर । नेपालमा समाजवादको स्थापना गर र हाम्रो सपना पुरा गर ।’

सहिदहरुले चिहानवाट भन्दै गर्दा राता मान्छेहरुले समर्थन जनाईरहेका थिए । यो दिन सहिद सप्ताहको पहिलो दिन पनि थियो । जुन दिन ११ बर्षिय वालक दिल वहादुर रम्तेलको हत्याराहरुले निर्मम हत्या गरेको दिन पनि थियो । त्यही दिन सहिदको चिहानमाथि कार्यक्रम थियो । सहिदहरुको चिहानमाथि उभिएर नेकपाका महासचिव विप्लव सहितका नेताहरुले सहिदका सपना जसरी पनि पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । एकीकृत जनक्रान्तिका सुत्रधार महासचिव विप्वलले भने ‘आवश्यक परे सहिदहरुको सपना पुरा गर्न ०५२ साल फर्किन सक्छ, हामी सहिदहरुलाई उच्च सम्मान गर्दछौ, सपना पुरा गरेरै छोड्ने छौ ।’
उनले बोलिरहदा सहिदहरु हाँसीरहेका थिए । सपना अलपत्र पर्दा निरास भएका सहिदहरु खुसीले गद्गद् हुदै हाँसेका थिए । सहिदहरुको सपना कुनै पनि मुल्यमा पुरा गर्ने नेताहरुको प्रतिबद्धता थियो ।

कार्यक्रममा नेकपाका,स्थायी समिति सदस्य सन्तोष सी, रणवीर सी, केन्द्रीय सदस्यहरु प्रयास सी, दिनेश सी र नरेन्द्र सीले पनि अधुरो क्रान्ति पुरा गरेरै छोड्ने र सहिदहरुको सपना गन्तव्यसम्म पर्याएरै छोड्ने प्रतिवद्धता जनाए । यो सहिदको चिहानमाथिको सामूहिक प्रतिबद्धता थियो । हजारौं राता रास्कोटी जनताको विचमा प्रतिबद्धता थियो ।

हजारौं क्रान्तिकारी रास्कोटी जनताहरुले नयाँ आसा र अपेक्षा गरेको क्रान्ति नायक विप्लव सीलाई निकै चासोका साथ लिए । सहिद परिवारले पनि चासोका साथ लिए । बुद्धिजीवी र अरु विभिन्न पार्टीका आस्थावान मान्छेले समेत चासोका साथ लिए । जनयुद्धको समयमा हरेक कालिकोटका बस्ति– वस्ति हिडेको भएपनि शान्ति प्रक्रिया पछि रास्कोटमा विप्लवको पहिलो आगमन थियो । जनयुद्धको समयमा शान्तिघाट प्रहरी चौकी कव्जा होस पाद्मघाट प्रहरी चौकि कव्जा होस यी विप्लवकै कमाण्डमा भएका थिए । क्रान्तिको दियोको रुपमा उदाइरहेको क्रान्तिकारी लिडरलाई सहिद र वेपत्ता योद्धाहरुले पनि निकै नियालिरहेका थिए । घाईते योद्धाहरुले पनि नियाली रहेका थिए ।

उनीहरुले जनयुद्धका सपनाहरु पुरा हुने आसा व्यक्त गर्दै थिए । राता रास्कोटवासी जनताले आफ्ना कला गलाहरु मार्फत देशमा विप्लव चाहिएको छ भन्दै थिए । गाउँ –गाउँवाट ल्याइएका देउडा तथा झाँकी मार्फत सहिदहरुको सपना पुरा गर्ने महान बाटोमा लागि रहन र क्रान्ति पुरा गरेरै छोड्न सुझाव दिए । क्राान्ति गित, क्रान्तिकारी नारा,क्रान्तिकारी जोस गाँजरले एकपटक रास्कोट तात्यो । सायद ! रास्कोटमा दर्जनौ सहिदहरुको रगतले सबैलाई घचघच्याइरहेको थियो । महान सहिद इन्द्रजीत, विवस लगायतका दर्जनौ रास्कोटी सहिदहरुको रगतले निकास खोजिरेहेको थियो । समाजवाद, साम्यवाद खोजिरहेको थियो ।

कार्यक्रमका नेताहरुलाई त्यही खवरदारी गरिरहेको थियो । सहिदका चिहानमाथिको प्रतिबद्धता अजर र अमर हुने रास्कोटवासी जनताले विश्वास लिएका छन । कार्यक्रमको समापनमा रास्कोटवासी जनताको बिचमा महासचिव विप्लव आफैपनि छमछमी नाचे । देउडामा रमाए । क्रान्ति गितमा रमाए । राता झण्डामा रमाए । सहिदको चिहानको रातो रगतको टिका लगाउदै महासचिव विप्लव सीले फेरी पनि कालिकोटे जनता, रास्कोटी जनता र सिंगो नेपाली जनता र सम्पूर्ण सहिदहरुको सपना पुरा गर्ने प्रतिबद्धता जनाए । महासचिव विप्लव सहित सबैले सपना पुरा गर्ने क्रान्तिकारी मुठ्ठीहरु उठाए ।

प्रतिकृया दिनुहोस्