News Portal

कोहलपुर नगर बिकासमा कार्यरत सब इन्जिनियरलाई इन्जिनियर बनाउन कार्यविधि परिवर्तन गरी तयारी पुरा 

राम बहादुर बुढा२०८१ माघ १२
४२१ पटक

१२ माघ २०८१ कोहलपुर । सब – इन्जिनियरमा कार्यरत ब्यक्तिलाई सोही कार्यालयको इन्जिनियर बनाउन कार्यबिधी नै परिवर्तन गरेको पाइएको छ। नगरबिकास समिती कोहलपुरमा कार्यरत सब इन्जिनियर अम्मर बहादुर बुढाथोकीलाई इन्जिनियर बनाउन नगर बिकास समितिको कार्यबिधी नै परिबर्तन गरिएको श्रोतको दावी छ।

नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गत रहने नगर विकास समितिमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको एक जना प्रतिनिधि उपस्तिथि भएको हुनु पर्ने प्रावधान छ। यधपी नगर विकास समितिले कार्यविधी परिवर्तन गर्न बोर्ड बैठक बोलाएर कोलम पुगाएपनी मापदण्डअनुसारको प्रक्रिया पूरा नगरी आफ्नो मान्छे ब्यवस्थापन गर्न कार्यविधि नै परिवर्तन गरेको पाइएको हो ।

कार्यविधी नै परिवर्तन गरि आफनो मान्छे ब्यवस्थापन गर्न लागेकोले आफुहरुका लागि लिखित परिक्षा औपचारिक्ता मात्र हो । चार जनाको दर्खास्त आवेदन दिएका एक आवेदकले नाम नबताउने सर्तमा जानकारी दिएका छन ।

कोहलपुर नगर विकास समितिका सदस्य सचीव समेत रहेका कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरि संग यश विषयमा बुझ्दा कोलम पुगेर कार्यविधी परिवर्तन भएको उहाको तर्क छ यधपी जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि उपस्थित नभएको बताउनु भएको छ।

शहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कार्यलयको कार्यविधि परिवर्तन वा संशोधन या अन्य कुनै निर्णयमा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्तिथि हुने ब्यवस्था छ।

प्रतिकृया दिनुहोस्