News Portal

नेपालकै कान्छा न्यायाधीश जसले गर्नेछन रविको मुद्दामा सुनुवाइ

न्यायाधीश राई जिल्ला अदालत कास्की मात्रै होइन देशभरको सबै न्यायालयमा कार्यरतमध्ये कान्छा न्यायाधीश हुन् । २०४७ भदौमा जन्मिएका उनी अहिले ३५ वर्षका मात्रै भए ।

जनगर्जन संवाददाता२०८१ पौष ९
६५ पटक

काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार मुद्दा दर्ता भयो ।

सोमबारदेखि लामिछाने लगायत अदालतमा पेश भएका आरोपितहरूको बयान सुरु भएको छ । गोला प्रक्रियाबाट इजलास छनौट गर्दा न्यायाधीश नीतिज राईको इजलासमा रवि लामिछनेको मुद्दा परेको छ ।

न्यायाधीश नितिज राई जिल्ला अदालत कास्की मात्रै होइन देशभरको सबै न्यायालयमा कार्यरतमध्ये कान्छा न्यायाधीश हुन् ।उनी २०४७ भदौमा जन्मिएका हुन अहिले ३५ वर्षका मात्रै भएका छन ।

देशभर २८२ जिल्ला न्यायाधीश कार्यरत रहेकोमा उनी २४५ औं वरियताक्रममा उनी रहेका छन् । उनी गत असारमा मात्रै लिखित परीक्षा उत्तीर्ण गरेर न्यायाधीश भएका हुन् ।

त्यतिबेला ४२ जना न्यायाधीशका लागि परीक्षा भएकोमा १२ जनामात्रै पास भएका थिए, त्यसमध्येका एक हुन नितिज राई ।

रविसँगै अब सबै आरोपितहरूको त्यही इजलासमै बयान हुनेछ, अनि राईकै इजलासले उनीहरूको प्रारम्भिक सुनुवाइ गरी थुन्ने वा छाड्ने भन्ने आदेश गर्नेछ ।

प्रतिकृया दिनुहोस्