News Portal

समावेशी ‘दलित सचिव पदमा वसन्त विकलाई नै मतदान किन?

जनगर्जन संवाददाता२०८१ मंसिर २४
९१ पटक

समावेशी ‘दलित सचिव पदमा वसन्त विकलाई नै मतदान किन ?

१) कर्णाली प्रदेशको कालिकोट जिल्लाबाट करिब दुई दशक बढी पत्रकारिता आन्दोलनमा निरन्तर लागेर समाजको सेवा गरेकाले ।

२) पत्रकारिताकै शिलशिलामा २०५७ साल जेठ ३१ गते प्रहरीद्धारा पक्राउ परी अमानवीय यातना भोग्दै बल्ल –बल्ल बाँचेर पत्रकारिता गरिरहेकाले ।

३) २०५७/५८ सालदेखि जनादेश तथा सुर्खेत पोष्ट जस्ता राष्ट्रिय पत्रपत्रिकाहरुमा रिपोटिङ्ख गर्दै आएकाले ।

४) २०६० मा जनयुद्धकालिन समयमा अति दुख कष्ट गर्दै ‘जनगणतन्त्र’ रेडियो (डोके रेडियो) मा काम गरी सेति महाकाली तथा भेरी कर्णाली क्षेत्रमा महत्वपूर्ण योगदान दिएकाले ।

५) गणतन्त्र ल्याउने राजनीतिक महाअभियानमा जनणतन्त्र रेडियोबाट महत्वपूर्ण योगदान दिएकाले ।

६) सामन्ती निरंकुश राजतन्त्रको अन्त्यको लागि संचालित जनयुद्ध र जनआन्दोलनमा हजारौ सेना प्रहरीको दमन र चुनौतीहरुबाट जोगिदै युद्ध पत्रकारितामा निरन्तर योगदान दिएर समाज सेवा गरेकाले ।

७) शान्ति प्रक्रियापछि २०६४ देखि ०७० सालमा सुर्खेतमा रेडियो भेक आवाज, हिमाल एफएम लगाएतका संञ्चार माध्यममा काम गरी पत्रकारिता आन्दोलनमा थप योगदान दिएकाले ।

८) २०६७ देखि ०६८ सालसम्म सरकारी ‘रेडियो नेपाल’ सुर्खेत प्रशारण केन्द्रमा काम गरी समाज रुपान्तरणको लागि सेवा गरेकाले ।

९) २०७२ देखि ०७३ सालसम्म कालिकोटको रेडियो चंखेलीमा समाचार प्रमुख तथा कार्यक्रम संयोजक भएर काम गर्दै समाज परिवर्तनको लागि महत्वपूर्ण योगदान दिएकाले ।

१०) २०७५ सालदेखि ज्वाला खवर डट्कम अनलाईनको सम्पादक, ज्वाला खवर त्रैमासिक पत्रिकाको सम्पादक भएर समाज सेवा गरी पत्रकारिता क्षेत्रमा योगदान दिएकाले ।

११) २०८० साल भाद्र देखि ०८१ वैसाखसम्म जनपत्रिका डट्कम अनलाईन पत्रिकामा सह–सम्पादकको भूमिकामा रहि काम गरी समाजसेवामा योगदान गरेकाले ।

१२) विभिन्न सामाजिक संघ संस्था (जस्तैः राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय सदस्य, जनपत्रकार संगठन नेपालको केन्द्रीय सचिव) पदमा रहेर काम गर्दै पत्रकारिता आन्दोलनमा थप योगदान दिइरहेकाले ।

प्रतिकृया दिनुहोस्