काठमाडौँ – जनपत्रकार संगठन नेपालले काठमाडौँ शाखा लगायत विभिन्न जिल्लाहरुमा भएको सदस्यता विवादलाई प्रक्रियागत ढङ्गले टुंगो लगाउन नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराएको छ।
बिहिबार महासंघको केन्द्रीय कार्यलय सञ्चारग्राम काठमाडौंमा महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई चार बुँदे ज्ञापन पत्र बुझाउदै जनपत्रकार संगठनले ध्यानाकर्षण गराएको हो।
संगठनका अध्यक्ष शेर बहादुर विश्वकर्माको नेतृत्वमा महासंघ पुगेको टोलीले कार्यवाहक अध्यक्षअधिकारी लगाएतका महासंघको नेतृत्वलाई ध्यानाआकर्षक पत्र वाचन गरेर सुनाएको थियो । तत्पश्चात अध्यक्ष विश्वकर्माले आफ्ना कुरा संगठनप्रति महासंघले गर्ने व्यवहार र हेर्ने दृष्टिकोणको बारेमा विगतदेखि आजसम्मको वृतान्त सुनाएका थिए।
उनले हामिले पटक-पटक जेनियुन पत्रकार बिगतदेखि पत्रकारीता क्षेत्रमै रहेका साथिहरुलाई महासंघको बिधानमा टेकेर सबै प्रकृया पूरा गरि पठाउदापनि बिना कारण सदस्यताबाट बन्चित गर्दै आएको र अबपनि त्यही प्रक्रिया दोहोर्याईए महासंघ बिरुद्ध चरणवद्ध आन्दोलन गर्ने बाहेक आफुसंग अर्को कुनै विकल्प नरहेको बताए।
अध्यक्ष विश्वकर्माको विषयबस्तु सुनिसकेपछि अधिकारीले अहिलेको सदस्यता समस्या एउटा संगठन एउटा जिल्लाको मात्र नभएको बताउदै सबैलाई सम्मानजनक तरिकाले सम्बोधन गर्न आफू प्रत्यत्नरत रहेको बताईन् । उनले भनिन्, “तपाईहरुको मागप्रति महासंघ गम्भीर छ यसलाई कुनै न कुनै तवरले हल गर्ने हाम्रो प्रयत्न रहन्छ।”
महासंघको ध्यानाकर्षण लागि अध्यक्ष शेरबहादुर विश्वकर्मासहित उपाध्यक्ष जानकी चौधरी, सचिवालय सदस्य शाहस भट्ट र रमेश महतराको सहभागीता रहेको थियो।
यस्ता छन् संगठनले महासंघको कार्यवाहक अध्यक्ष र माहासचिवलाई ध्यानाकर्षण गराएका चार बुँदा। ….