News Portal

  • “सी” स्मृति दिवसको सन्दर्भमा नेकपाका महासचिव विप्लव सी द्वारा शुभकामना

    विष्णु विश्वकर्मा २०८१ आश्विन २५
    ७७ पटक

    काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सीले “सी स्मृति” दिवसको सन्दर्भमा आज नेकपाको केन्द्रिय कार्यालयबाट शुभकामना व्यक्त मन्तव्य व्यक्त सन्देश दिएका छन ।

    असोज २५ गते हरेक बर्ष “सी स्मृति” दिवस मनाउने नेपाल कम्युनिस्ट पार्टीको निर्णयअनुसार महासचिव विप्लवले सामाजिक सन्जाल तथा भिडियो मार्फत पार्टीसम्बद्ध नेताकार्यकर्ता र देशबिदेशमा रहेका जनसमुदायलाई सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका हुन् ।

    यस्तो छ “सी स्मृति” दिवसको सुभकामनाको पूर्णपाठ:

    आदरणीय जनसमुदाय,
    सी स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट हार्दिक शुभकामना !
    हाम्रा सबै मृतक आफन्तजनहरु, विशेषत यो बर्ष निधन हुनुभएका सम्पूर्ण बा-आमा, दाजुभाइ, दिदीबहिनी , श्रीमान श्रीमतीप्रति गहिरो समवेदना व्यक्त गर्न चाहान्छु।

    हामीले निधन हुनुभएका सम्पूर्ण आफन्तजनहरुको सम्झनामा सी स्मृति दिवस हरेक असोज २५ गते मनाउन सुरु गरेका छौं ।हरेक मान्छेले यो धर्तीमा आफ्नो जीवनकालमा परिवार, समाज र राज्यलाई अनेकौं योगदान गर्दछ।सबैको साझा योगदानबाट नै बिश्वको बिकास यहाँसम्म पुगेको छ।मान्छेले आफ्नो जीवनकालमा जे-जति योगदान गर्दछ्न ,ती नै अबिस्मरणीय रूपमा रहन्छन् ।सी संस्कृती दिवसले त्यसैको अभिव्यक्ति गर्दछ।

    कमरेडहरु तथा जनसमुदाय निधन हुनुभएका सबै आफन्तजनहरुलाई सम्झेर सी स्मृति दिवस भव्यताका साथ सम्पन्न गरौं ।हामी बिज्ञान र भौतिकवादप्रति बिश्वास गर्दछौं ।मान्छेले आफ्नो जीवनकालमा गर्ने कामहरू नै सत्य हुन् ।उनीहरुले आफू बाँचुञ्जेलसम्म गर्ने कार्यहरू नै अन्तिम सत्य हुन् ।त्यसैले हामी बाँच्दासम्म परिवार, समाज र मानव जातिको लागि असल काम गर्नुपर्दछ।

    प्रतिकृया दिनुहोस्