News Portal

  • रास्वपाको राष्ट्रिय भेला सुरु हुँदै,अधिवेशनको मिति पनि आजको भेलाले तय गर्ने

    जनगर्जन संवाददाता२०८१ आश्विन १
    ८७ पटक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि काठमाडौमा सुरु हुँदैछ ।

    प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । भेला पौने बिहान ९ बजे घण्टी बजाएर सुरु गरिनेछ ।

    भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपा स्रोतले जनाएको छ ।

    सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुखले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ ।

    भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने रास्वपाले अपेक्षा राखिएको छ ।

    आज पहिलो दिन संगठन विभाग प्रमुखले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ । पार्टी सभापति लामिछानेको प्रतिवेदन भने बुधबार पेस हुनेछ ।

    प्रतिकृया दिनुहोस्