News Portal

  • नेपालमा ७५ बर्षदेखि हुन नसकेकाे क्रान्ति नेकपाले गर्छ : प्रवक्ता प्रकाण्ड

    शोभराज बराल२०८१ भाद्र २५
    १०७ पटक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सीले ७५ बर्षदेखि हुन नसकेकाे क्रान्ति नेकपाले गर्ने दावि गरेका छन् । मंगलबार जनवर्गीय संगठन/माेर्चा बागमती प्रदेशकाे प्रथम बैठककाे अध्यक्षता गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी स्थापना भएदेखि हुन नसकेकाे क्रान्ति नेकपाले गर्ने दावि गरेका हुन् ।

    पार्टीकाे बागमती प्रदेश इन्चार्जसमेत रहेका उनले नेपालमा १० बर्ष चलेकाे जनयुद्धले परिवर्तनकाे पक्षमा धेरै काम गरेकाे बताउँदै जनयुद्धले गर्न नसकेका काम एकीकृत जनक्रान्तिले गर्ने बताए । “नेपालमा‌ ७५ बर्षमा नभएकाे काम हामी गर्न सक्छौँ भन्ने छ । हामीले गर्छौं।”, उनले भने, “नेपालमा जति परिवर्तन भएकाे छ १० बर्षे जनयुद्धले भएकाे छ । जनयुद्धले समेत गर्न नसकेका काम एकीकृत जनक्रान्तिले गर्छ ।”
    प्रवक्ता प्रकाण्डले नेपालमा २४० बर्ष पुरानो राजतन्त्रकाे अन्त्य जनयुद्धले गरेकाे ठाेकुवा गर्दै नेतृत्वले जनयुद्धलाई निर्णयमा पुर्याउन नसकेकाे बताए । जनयुद्ध निर्णायक बिन्दुमा नपुग्नुमा सिद्धान्तमा कमी भएकाे उनकाे भनाई थियाे ।

    बैठकमा जनवर्गीय संगठनका प्रदेश इन्चार्ज, संयाेजक, अध्यक्ष तथा माेर्चाका प्रदेश इन्चार्ज/अध्यक्षहरूकाे उपस्थिति रहेकाे थियाे । बैठक बुधबार बिहान पुन: बस्नेगरी स्थगित भएकाे छ ।

    प्रतिकृया दिनुहोस्