जनगर्जन संवाददाता२०८१ भाद्र २४
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन नेपाली काङ्ग्रेसले सिफारिस गरेको छ । एमाले काङ्ग्रेस सत्ता गठबन्धन पछि राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसलाई परेको हो ।
सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो । रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको नाम राजदूतबाट फिर्ता लिइएको थियो ।
‘कांग्रेसले पार्टीबाट चित्रलेखा यादवको नाम सिफारिस गरेको छ,’ परराष्ट्र स्रोतले भन्यो,‘अब बस्ने मन्त्रिपरिषद् बैठकले उहाँको नाम सिफारिस गर्छ ।