News Portal

  • अखिल नेपाल महिला संघ क्रान्तिकारी  काठमाडौंको जिल्ला भेला सम्पन्न,अध्यक्षमा करिष्मा सी

    विष्णु विश्वकर्मा२०८१ भाद्र १९
    ९० पटक

    काठमाडौ ।अखिल नेपाल महिला संघ क्रान्तिकारी काठमाडौंको प्रथम जिल्ला भेला बुधबार काठमाडौको स्वयम्भू स्थित स्टार बेन्क्युटको हलमा सम्पन्न भएको छ ।

    करिस्मा सी अध्यक्ष ,शर्मिला सी र मिना सी उपाध्यक्ष ,कृष्टिना सी सचिव, सपना सी र प्रशंसा सी सह सचिव र कोषाध्यक्ष कमला सी सहित २७ सदस्यीय कमिटी निर्माण गरि भव्यतापूर्वक  उल्लासमय वातावरणमा कार्यक्रम  सम्पन्न भएको छ  ।

    सदस्यहरुमा रुगु सी ,करिश्मा सी, शर्मिला सी, सपना सी,कृष्टिना सी,अनिता घलान,शुभद्रा सी,अप्सरा सी,विमला सी, सुमित्रा सी,मिनु सी, कुमारी सी, प्रशंसा सी,मिना पुरी,अस्मिता सी, लक्ष्मी लामा,कृश्नमाया सी शुशिला धामी,गङ्गा तामाङ मनिषा सी अमृता चौधरी,माया तामाङ  दुर्गा ढुङाना रहेका छन ।

    सो कार्यक्रम को प्रमुख अतिथि – नेकपा केन्द्रिय  सदस्य एवं नेकपाका काठमाडौ इन्चार्ज क. माईला लामा विशेष अतिथि नेकपा केन्द्रिय सदस्य अनेमसंघ क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष भृकुटी सी, अतिथिहरुमा नेकपा केन्द्रीय सदस्य काठमाडौ सेक्रेटरी क. चिरञ्जीवी सी  सी, नेकपा के. स. अनेमसंघ क्रान्तिकारी महासचिव राजकुमारी सी, नेकपा केन्द्रिय सदस्य आरोह सी, अखिल समाजवादी केन्द्रिय अध्यक्ष नरेन्द्र सी, अनेमसंघ क्रान्तिकारी केन्द्रिय सदस्य मिना सी, नेकपा केन्द्रिय सदस्य धुर्व सी,नेवा मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष सुरेन्द्र महर्जन, अखिल समाजवादी केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश ईन्चार्ज ललीत सी, अनेमसंघ क्रान्तिकारी काठमाडौ इन्चार्ज विनिता सी ,अनेमसंघ क्रान्तिकारी ललितपुर इन्चार्ज ममतासी, अनेमसंघ क्रान्तिकारी भक्तपुर इन्चार्ज बिन्दु सी,अखिल समाजवादी छात्रा विभाग प्रमुख तारा सी, को बिशेष उपस्थिती रहेको थियो ।

    प्रथम जिल्ला भेलाले करिस्मा सीको अध्यक्षता, रुकु सीको सञ्चालन रहेको उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एव सामना परिवारका संयोजक आरोह सी को गीत र  सामना परिवारका  दमदार साँगीतिक प्रस्तुति पनि रहेको थियो ।

    प्रमुख अतिथि, विशेष अतिथिले सामन्तवादले महिलाहरुलाई कुचक्रको जालोमा बाधेर राखेको थियो ।  सामन्तवादले  पुजीवादको सिर्जना गरेको छ जसको कारण  शरीर बन्धक बनाउनुपर्ने  गाँस बास कपासको अभाव हुदा बाध्यताबसव यौन कार्यमा लाग्नुपर्ने  अवस्था आएको छ ।। दाइजो प्रथाले  कयौ चेलिहरुले अकालमै ज्यान गुमाउनु पर्ने , जलेर मर्नुपर्ने ,बलात्कृत हुनुपर्ने अवस्था  सिर्जना गरेको  छ । त्यस्तै पुजीवादको दलदलमा नि महिलाहरु नै फसेका छन । लघुबित्तको चर्को मारमा परेका सहकारी पिडितहरुले पनि आफ्नो घर छोड्न पर्ने भएको छ कतिले त झन आत्महत्याकै बाटो रोज्नु परेको छ । यस्ता कुसंस्कार,कुरिती ,अन्याय,अत्याचार र विकृतिलाई नसहेर  त्यस्को भण्डाफोर गर्नैका लागि  अब अनेमसंघ क्रान्तिकारी लाग्नुपर्ने वक्ताहरुले बताएका छन ।

    प्रतिकृया दिनुहोस्