News Portal

  • क्युवाका कार्यवाहक राजदूत अवेल अवेला र नेकपाका महासचिव विप्लव सी बिच भेट

    जनगर्जन संवाददाता२०८१ भाद्र १९
    ९८ पटक

     

    काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव सी)र नेपालका लागि क्युवाका कार्यवाहक राजदूत अवेल अवेलाबिच भेटघाट भएको छ ।

    महासचिव विप्लव र क्युबाका कार्यवाहक राजदूत अबेल अबेलाको भेटघाटमा साम्राज्यवाद विरुद्ध क्युवाली जनताको सङ्घर्षप्रति बलियो ऐक्यबद्धता नेपाली क्रान्तिका लागि क्युबा र नेपालबिच महत्त्वपूर्ण समन्वय आवश्यक रहेको बताइएको थियो ।

    भेटमा क्युबाका शिक्षा, राजनीतिलाई नेपाली मौलिकतामा समन्वय गरेर अगाडि बढ्नु आवश्यक रहेको र त्यसमा आफूहरू सकारात्मक रहेको विप्लवले बताएको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।

    भेटमा नेकपाका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर केसी, नेकपाका केन्द्रीय सदस्य प्रकाश शाही, अखिल समाजवादीका अध्यक्ष नरेन्द्र सी र शंकर सीको पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्