News Portal

  • नेकपा प्रति युवाहरुको आकर्षण,के चाहान्छन देशमा युवाहरु?

    जनगर्जन संवाददाता२०८१ भाद्र १८
    १६५ पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं नेकपाका प्रबक्ता प्रकाण्ड सीले नेकपा प्रति युवाहरुको आकर्षण लोभलाग्दो रुपले बढ्दै गएको बताएका छन् ।

    नेकपा निकट युवा संगठन नेपालद्वारा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।

    उक्त प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका प्रबक्ता प्रकाण्ड सीले देशले आफ्ना प्रतिनिधिहरु मार्फत बिशेष भूमिका माग गरिरहेको समयमा युवाहरु नेकपामा लामबद्ध हुनुको बिकल्प नभएको बताए । उनले वर्तमान संकटग्रस्त अवस्थामा देश र जनताले आफ्ना सेवकबाट निर्णायक भूमिका माग गरिरहेको अवस्थामा युवाहरु नेकपमा आबद्ध हुनु आफैमा सुझबुझपूर्ण , क्रान्तिकारी र महत्वपूर्ण कार्य भएको बताएका छन।

    यसैगरी, प्रवक्ता प्रकाण्ड सीले सोमबार नेकपामा प्रवेश गरेका युवाहरुलाई स्वागत गर्दै इमान्दारिता र जोडतोडका साथ कार्य गरे नेकपामा युवाहरुको लहर लाग्ने बताएका छन । देश र जनतालाई वर्तमान संकटबाट मुक्त पार्न नेपाली जनताको एकताबद्ध पहल र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व जरुरी रहेको छ ।

    उक्त कार्यक्रममा नेकपा प्रवक्ता प्रकाण्ड सीले नेकपा एकीकृत समाजवादी खाडाचक्र नगरपालिका उपाध्यक्ष तथा खाडाचक्र नगरपालिका कार्यपालिका सदस्य रमेश विक, नेकपा माओवादी केन्द्र खाडाचक्र नगरपालिका ४ का वडा अध्यक्ष कविराज विक, नेकपा माओवादी केन्द्र ४ का वडा कमिटी सदस्य कर्ण विक, नेकपा माओवादी केन्द्र खाडाचक्र नगरपालिका ४ का कमिटी सदस्य बिरभद्र विक, रति विक र नेपाली कांग्रेस खाडाचक्र नगरपालिका वडा सदस्य सुरेश वि.क.लागायतलाई अबिर र खादा लगाई नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गराएका छन ।

    नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा भएको उक्त कार्यक्रमको संचालन युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिनेश सीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्