News Portal

  • बासबारी छाला तथा जुत्ता कारखाना खुलाउन माग गर्दै नेकपा निकट युवा संगठनको काठमाडौमा प्रर्दशन

    विष्णु विश्वकर्मा२०८१ साउन २७
    ३१९ पटक

    काठमाडौ । नेकपा निकट युवा संगठन नेपालले बासबारी छाला तथा जुत्ता कारखाना संचालन गर्न माग गर्दै आज वासवारीमा दवाव तथा बिरोध प्रदर्शन गरेको छ ।

    युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिनेश सीले उक्त कोण सभालाई संवोधन गर्दै दैनिक दिन नेपाली युवाहरु वैदेशिक रोजगारीका लागी बिदेशिनुले नेपालको दलाल सरकारको चरीत्र उदाङ्गिएको वताएका छन। वैदेशिक रोजगारले दक्ष अदक्ष र अर्धदक्ष युवाहरु विदेशीनु अर्का तर्फ नेपालका ठुला मानिएका राष्ट्रिय उद्योग कलकारखाना टाट पल्टिनुले नेपालको संसदिय व्यवस्था पुर्ण रुपले असफल भएको वताएका छन ।

    अध्यक्ष सीले भनेका छन ‘जब देश आत्मनिर्भर रहन्छ र उद्योग कलकारखाना हुन्छन तब मात्रै नेपाली जनता र देश समृद्ध हुन्छ’ । नेपालको ०४८/४९ को वार्षिक बजेटमा राजधानीका बासवारी भृकुटी र हरिसिद्घी इट्टा तथा कारखाना सार्वजनिक संस्था निजिकरण गर्ने कामले नेपालका राष्ट्रिय उद्योग धरासायी भएको उल्लेख गरेका छन ।

    त्यस्तै तत्कालिन प्रधानमन्त्री मरिचमान र राजनैतिक दलका नेता तथा कर्मचारीको मिलेमतोमा बासवारी छाला उद्योग को जग्गा च्याम्पियन फुट्वेयर लिमिटेडलाई १० रोपनी जग्गा दिनु त्यसैगरी पच्चीस सय शेयर कित्ता बेची राज्यलाई नै निकम्मा वनाई विनोद चौधरीले १० रोपनि जग्गा हडपेको बताएका छन । २०५० सालमा निजीकरण ऎन जारी भएको केही समयपछी २०५४ सालमा बासबारीको जग्गा चौधरी समुहले हात पारेको बताउदै यदि यो देशमा युवाहरुलाई रोजगारीको ग्यारेन्टी गर्ने हो भने राज्यले बन्द गरेका उद्योगहरु सुचारु हुने तथा आफनै देशमा रोजगारीका सिर्जना हुने बताएका छन ।

    यसै क्रममा संगठनका अध्यक्ष दिनेश सीले यो दलाल सरकारको औकात नभएका हुँदा अब नेपाली विशेषताको समाजवादले मात्र संभव भएको र त्यसको नेतृत्व नेकपाले गर्न मात्र सक्ने ठोकुवा समेत गरेका छन।

    कार्यक्रमको संचालक युवा संगठन नेपालका उपाध्यक्ष तथा वागमती प्रदेशका इन्चार्ज विश्लेषण सीले गर्नु गरेका छन ।

    कार्यक्रममा केन्द्रिय सचिव अनिल सी पार्टीका नेता कार्यकर्ता लगायत अन्यको पनि उपस्थित रहेको थियो ।

    प्रतिकृया दिनुहोस्