News Portal

  • चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना, कुन कुन हुन त यी चार प्रदेश?

    कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

    जनगर्जन संवाददाता२०८१ आषाढ १०
    ९५ पटक

    काठमाडौं । जल तथा मौसम पूर्वानूमान महाशाखाले आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । लुम्बिनी प्रदेशको पूर्वी भागसहित यी प्रदेशमा हाल मनसुनी प्रभाव रहेको छ । भारी वर्षाको सम्भावना हुने ठाउँमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

    महाशाखाले यो हप्ताभर मनसुनी प्रभाव रहेका प्रदेशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न पनि आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्