News Portal

  • लगानी भित्र्याउन थप कानुनको आवश्यक भए अध्यादेश ल्याउन सकिन्छ:- प्रचण्ड

    जनगर्जन २०८० चैत्र २८
    ४१ पटक

    २८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मुलुकमा लगानी भित्र्याउनका लागि थप कानुन आवश्यक परे अध्यादेश ल्याउन सक्ने बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भनेका छन नीति निर्माणमा सरकारले सधैं निजी क्षेत्रसँग सहकार्य गर्दै आएको छ । ‘निजी क्षेत्रले सरकारसँग काम गर्ने प्रति गरेको सङ्कल्पको म स्वागत गर्छु समृद्धिका लागि सरकार दृढ छ तपाईं हरु काम गर्नुस हामी सहयोग गर्छौ’उनले भने ‘मुलुकमा निजी क्षेत्र र सरकारी लगानी दुबैको खाँचो छ, लगानी भित्र्याउन स्रोत, साधन ,सोच, कार्यशैलीमा समेत समस्यामा छन भन्नुस आवस्यक परेमा अध्यादेश ल्याउनेछौं ।’

    अर्थतन्त्रका आधारभूत सूचक सकारात्मक बन्दै गए पनि अर्थतन्त्रमा केही समस्या रहेको उनले स्वीकार गरे । ‘यसपटक नीति तथा कार्यक्रममा जनप्रतिनिधि, निजी क्षेत्र र आम जनताका सुझाव समेटिने छन्’ दाहालले भने ‘त्यसका आधारमा बजेट बन्ने छ, परम्परागत सोच र कार्यशैलीबाट जनताका अपेक्षा पूरा गर्न गाह्रो छ, यसपटक यो समस्या समाधानमा लाग्नेछु ।’पूँजीगत खर्च बढ्दा अर्थतन्त्र सुधारमा सहयोग गर्ने र त्यसले निजी क्षेत्रको मनोबल बढाउन मद्दत पुग्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्