News Portal

  • युवा संगठन नेपालको पाचौ राष्ट्रिय सम्मेलनबाट दिनेश सीको नेतृत्वमा १ सय ३३ सदस्यीय केन्द्रीय समिति चयन

    धिरज प्रपला२०८० चैत्र २७
    ६२ पटक

    चैत्र २७ धनगढी । युवा संगठन नेपालको धनगढीमा सम्पन्न पाचौ राष्ट्रिय सम्मेलनबाट दिनेश सीको नेतृत्वमा १ सय ३३ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ । यही चैत्र २४ गते धनगढीको खुल्लामञ्चमा नेकपाका महासचिव ोत्र विक्रम चन्द विप्लवले उदघाटन गर्नु भएको पाचौ राष्ट्रिय सम्मेलनको ३ दिन सम्म चलेको बन्द सत्रले दिनेश सीको नेर्तत्वमा १ सय ३३ सदस्यीय केन्द्रीय समिति चयन गरिएको हो ।

    संगठनका पूर्व उपाध्यक्ष दिनेश सीको नेतृत्वमा ५ जना पदाधिकारी समेत चयन गरिएका छन । उपाध्यक्षमा विश्लेषण सी, महासचिव सुवाश सी, सचिवमा अनिल सी र कोषाध्यक्षमा जिवनी सीलाई सर्ब सम्मत चयन गरिएको संगठनका पूर्ब अध्यक्ष पाटन सीले जानकारी गराएका हुन । १० जना पछि मनोनित गर्ने गरी १ सय ३३ सदस्यीय केन्द्रिय समिति मध्ये १ सय २३ जना सर्वसम्मत चयन गरिएको उनले जानकारी गराए ।

    नवगठित केन्द्रिय समितिको बैठकले पदाधिकारी सर्वसम्मत पारित गरेको पाटनसीले जानकारी गराए । निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको सपथ ग्रहण पश्चात नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द पिप्लव सीले अविर लगाएर नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएका थिए । उनले नयाँ निर्बाचित कार्य .समितिलाई बधाई दिदै राज्यले लखेटी हेका सुकुम्बासी अनी देश र जनाताको रक्षाका लागी काम गर्न निर्र्देन दिनु भयो ।

    केन्द्रीय समिति सदस्यहरुमा क्षेम्य सी, कैलास सी, अशोक सी, विश्यस्वर सी, काजी सी, एटम सी, मिलन सी, महेन्द्र सी, सन्दिप सी, भुवन सी, बादल सी, सन्जिव सी, इस्वर सी, अनिल सी, संकर सी, हरी सी, सोभन सी, सुवास सी, राजकुमार सी, सपनसिला सी, दुरदर्शि सी, राजन सी, मिलन सी, शन्तोस सी, मुकेश सी, मणि सी, राजेन्द्र सी, कुमार सी, देव सी, रेशम सी, रोशन सी, आकाश सी, डायमण्ड सी, रमेश सी, सम्झना सी, टेकेन्द्र सी, नरेश सी, गोकुल सी, मकर सी, रकेट सी, जय सी, विजय सी, अनील सी, नयराम सी विश्लेषण सी, मिनल सी, रबि सी, अजय सी, जीवन सी, विबेक सी, सानोराइ सी, दिपक सी, कल्पना सी, बासु सी, मन्दिरा सी, अबि सी, रमेश सी, तेज सी, सरल सी, अशोक सी लगायत १ सय २३ जना रहेका छन् ।

    बाँकी दश जना पछि मनोनीत गरिने जानकारी गराईएको छ । संगठनकी फ्याक्सन इन्चार्ज तथा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शिलु सीले विभिन्न भुगोलको प्रतिनिधित्व हुनेगरी क्षामता योगदान र लगानीका आधारमा नेतृत्व छनोट गरेको बताउदै १ सय ३३ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पेस गरेकी थिईन । विश्लेषण सीको नेतृत्वमा रहेको अध्यक्ष मण्डल विघटन गर्दै निर्वाचन मण्डलले १ सय ३३ सदस्यीय केन्द्रीय समिती प्रस्ताव गरेको थियो ।

    प्रतिकृया दिनुहोस्