News Portal

  • चीन भ्रमण लगत्तै परराष्ट्रमन्त्री श्रेष्ठले गरे पत्रकार सम्मेलन

    जनगर्जन २०८० चैत्र १९
    ४४ पटक

    चैत्र १९,काठमाडौं । चीन भ्रमण सकेर नेपाल आए लगत्तै नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार सम्मेलन गरेर आफुले चीन भ्रमण भएका गतिविधिहरुको बारेमा जानकारी गराएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र प्रवक्ता अमृत राईलाई सँगै राखेर श्रेष्ठले आफुले चीन भ्रमण पश्चात् दुई देशमा विश्वास बढेको बताए । चैत ११ देखी १९ सम्म भ्रमण गरेका श्रेष्ठले यही वर्ष चिनियाँ विदेशमन्त्री वाङयी नेपाल आउने बताएका छन ।

    आफुले नेपालबाट फलफूल निर्यात गर्न सहजीकरण गर्न तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक भएको उनले बताएका छन । कृषि प्रधान देश भनेर चिनिने नेपालको कृषि क्षेत्रको उत्पादन पुँजी र प्रविधि बढाउन र भ्रमण वर्ष २०२५ सफलतामा पुर्‍याउन चिनियाँ पर्यटक बढाउन चीनले सहयोग गर्ने श्रेष्ठले बताएका छन ।
    पत्रकारले सोधेको नौ दिने भ्रमणको उद्धेश्य के हो भन्ने सवालमा मन्त्री श्रेष्ठले आफू चीन उड्दा रातको बाह्र बजेको भन्दै आज आएकोले भ्रमण सात दिनको मात्रै भएको बताए । परराष्ट्रमन्त्रीको काम नै धेरै विदेशमा हुने भन्दै उनले आफ्नो बचाउ गरेका छन ।

    नेपालको विकासको लागि चीनका तिब्बत, सिचुआन र छोङछिङ महत्त्वपूर्ण भएको भन्दै श्रेष्ठले ती क्षेत्रका नेतृत्वसँग संवाद गरेको बताए । यी करिडोर नेपाल चीन विकासे करिडोर बन्न सक्ने श्रेष्ठले बताएका छन ।

    प्रतिकृया दिनुहोस्