News Portal

  • काठमाडौंमा मोटरसाइकलको ठक्करबाट घाइते ७० वर्षीया लक्ष्मी तामाङको उपचारको क्रममा मृत्यु

    जनगर्जन २०८० चैत्र १८
    ४४ पटक

    चैत्र १८,काठमाडौं । आज बिहान काठमाडौंमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

    सोल्टीमोडमा बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

    उनको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्