News Portal

पाल्पामा रुखले च्यापेर एकजनाको मृत्यु

जनगर्जन २०८० चैत्र १७
२०२ पटक

चैत्र १७,काठमाडौ । शनिबार बेलुका आएको हावाहुरी कारण पाल्पामा रूखले च्यापेर शनिबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका ५ कैलासनगरका २० वर्षीय भुवन सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

बुटवलबाट तानसेन आउँदै गरेका उनी तानसेन नगरपालिका९८ जरेपीपलस्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको प्रतीक्षालयमा ओत लिएका थिए। बेलुकीपख एक्कासी रूख ढलेर च्यापेको श्रेष्ठले बताए।
गम्भीर घाइते भएका सिंजालीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्