News Portal

  • दुर्गा प्रसाईंका २ बडिगार्डलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश

    जनगर्जन २०८० चैत्र १३
    ४८ पटक

    १३ चैत, काठमाडौं । हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २ बडिगार्डलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    मंगलबार सर्वोच्चका न्यायाधीश नकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका बडिगार्ड कुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो ।

    लाइसेन्स सहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेका भन्दै प्रसाईका बडिगार्डका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो ।
    उनीहरू दुवैलाई प्रहरीले ५ चैतमा सर्वोच्च अदालत प्रवेश गर्दैगर्दा पक्राउ गरेको थियो । उनीहरूको साथबाट लाइसेन्स प्राप्त हतियार, त्यसमा लाग्ने १ सय राउण्ड गोली समेत बरामद भएको थियो ।

    हतियार बोक्न पाउने लाइसेन्स खड्काको नाममा थियो । तर अदालत प्रवेश गर्दा हतियार भित्र लैजान नपाइने भएकाले अर्का बडिगार्ड धिमाललाई बोक्न दिनुलाई अन्यथा भन्न नमिल्ने अदालतले तर्क गरेको छ ।
    इजाजत लिएर सर्तसहित हतियार बोकी हिंडेको कार्यलाई प्रचलित कानूनले कसुर गरेको नदेखिएको आदेशमा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्