News Portal

  • बर्तमान रानैतिक संकट र नेपाली बिशेषताकाे समाजबाद बिषयक अन्तर्कृया कार्यक्रम बागलुङमा सम्पन्न

    विष्णु विश्वकर्मा२०८० चैत्र १२
    १११ पटक

    चैत्र १२,बागलुङ । बर्तमान रानैतिक संकट र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम बा न पा १२ अमलनचौर सम्पन्न भएको छ ।

    आज धौलागिरी ब्युरो अन्तर्गत बागलुङ जिल्लाको बागलुङ नगरपालिका अमलाचौरमा कार्यक्रम सम्पन्न भएको हो ।

    नेकपा का दल बहादुर सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य तथा धौलागिरी ब्युरो इन्चार्ज  विकिरण सी को आतिथ्यतामा सम्पन्न कार्यक्रममा ,देबेन्द्र ढकाल, नेकपा एमाले नगर सदस्य झलक आचार्य, प्रमान्नद पौडेल माके , रास्बपा सचिब सुर्य ढकाल , समाजबादि माेर्चा नगर सदस्य भोजराज अाचार्य, शिक्षक होमलाल शर्माले टिप्पणी गरेका थिए।

    अतिथिहरुमा नेपाली काङ्ग्रेस वडा न. १२ वडा अध्यक्ष कोपिला मनि शर्मा लगायत सम्पुर्ण टिप्पणीकार सहितको उपस्थिति भएको कार्यक्रमको संचालन नगर सेक्रेटरी निशान सीले गरेका थिए ।

    नेकपाका पिबिएम तथा धौलागिरी ब्युरो इन्चार्ज विकिरण सीले प्रस्तुत गरेको आधारपत्र माथि विभिन्न पार्टीका प्रमुखहरुले टिप्पणी गरेका थिए ।

    प्रमुख अतिथि तथा पिबिएम विकिरण सीले अहिलेको समस्यको निकास भनेको नेपाली विशेषताको समाजवाद भएको बताए । उनलेे नेपालको वर्तमान राजनीतिक संकट आउनुको मुख्य कारण  दलाल पुजीवादी सत्ता भएकाले यसको अन्त्य गरेर आजको नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने दायित्व भएकाले सबै वामपन्थी, कम्युनिस्टहरु, लोकतान्त्रिक गणतन्त्रवादीहरु, देशभक्त र समाजवादीहरु जुट्नुको विकल्प भएको बताए ।दलाल पुँजिबादकाे अन्त्य नभए सम्म नेपालकाे राट्रिय स्वाधिता र देशकाे सम्बृदि हुदैन । समाजबादमा मात्र संभव भएकाेले सम्पुर्ण वामपन्थीहरू नेपालि बिषेशताकाे समाजबाद ल्याउन महत्ब पुर्ण भुमिका खेल्न आब्हान गरेका छन ।

    प्रतिकृया दिनुहोस्