News Portal

  • दलाल पुँजिबादकाे अन्त्य र समाजबाद प्राप्त गर्न युवाकाे भुमिका निर्णायक:- बिकिरण सी

    युवा संगठन नेपाल म्याग्दीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा काजी सी

    विष्णु विश्वकर्मा२०८० चैत्र १०
    १२६ पटक

    काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल म्याग्दीको दोश्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार धौलागिरी ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रिय सदस्य विकिरण सीको प्रमुख अथित्यतामा २१ सदस्यीय जिल्ला समिति गठन गर्दै सम्मेलन सम्पन्न भएको हो। 

    धौलागिरी ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रिय सदस्य विकिरण सीले दलाल पुँजिबादकाे अन्त्य नभए सम्म नेपालकाे राष्ट्रिय स्वाधिनता र देशकाे सम्बृदि हुदैन । बिदेश पलायन हुनबाट युवाहरुलाई राेक्न नेपालमै रोजगारको सृजना समाजबादमा मात्र संभव भएकाेले सम्पुर्ण युवाहरुले नेपालि बिषेशताकाे समाजबाद ल्याउन महत्ब पुर्ण भुमिका खेल्न आब्हान गर्नु भयाे ।

    शनिबार सम्पन्न सम्मेलनमा धौलागिरी ब्युरो इन्चार्ज विकिरण सी,  जिल्ला इन्चार्ज उषा सी बिशिष्ट अतिथि युवाकाे केन्द्रिय सचिब विश्लेषण सी म्याग्दी जिल्ला सेक्रेटरी राम सी , बिशेष कमिटि सेक्रेटरि मिन सी ,फिल्टर सी, गोमा सीको आतिथ्यता रहेको थियो । 

    सम्मेलनले  काजी सीको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिती  गठन गरेको छ, कार्यक्रमको अध्यक्षता काजि तथा सञ्चालक रोहित सी ले गरेका थिए भने कलाकार भाईबहिनिहरुले गीत र नाच बाट स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्