News Portal

  • नैतिकताको आधारमा पदमा बस्ने छुट छैन:- शेखर कोइराला

    जनगर्जन २०८० चैत्र १०
    ३६ पटक

    १० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् ।

    ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,’ कोइरालाले भने ।

    सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको समेत कोइराला बताए ।

    काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको बताए ।

    हरेक परिवर्तनमा काठमाडौंवासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि उनीहरुको निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।

    प्रतिकृया दिनुहोस्