News Portal

  • मधेशमा गृह मन्त्रालयले दिंदै आएको सुराकी खर्च कटौती

    जनगर्जन संवाददाता२०८० चैत्र ७
    ३० पटक

    ७ चैत, काठमाडौ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई दिंदै आएको खर्च कटौतीको निर्णय गरेको छ ।

    मंगलबार गृह, सञ्चार तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले खर्च कटौतीको निर्णय गरेका हुन् । सोमबार भौतिक पूर्वाधारमन्त्रीको शपथ लिएका उनले मंगलबार गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पनि पाएका थिए ।

    मधेसमा सुराकी खर्चका रुपमा मनपरी रकम बुझ्ने प्रवृत्तिबारे अनलाइनखबरले मंगलबार विस्तृत रिपोर्टिङ गरेको थियो ।मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्रीले पहिलो निर्णय नै सुराकी खर्च कटौतीको गरेका हुन् ।

    मधेश सरकार स्थापना कालदेखि पहिलेको आन्तरिक मामिला र वर्तमानको गृह संचार तथा कानुन मन्त्रालयका मन्त्री, राज्यमन्त्री र सचिवहरुले सुराकीको नाममा मनोमानी ढंगले रकम लिँदै आएका छन् । उनीहरुले अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६६६ रुपैयाँ सुराकी वापतको खर्च बुझेका छन् ।

    ‘गृह मन्त्रालयमा अहिलेसम्म सुराकीको नाममा मन्त्री, राज्यमन्त्री र सचिवले मनपरी रकम बुझ्ने गरेका थिए । म पदभार ग्रहण गरेपछि त्यो खर्च कटौती गर्ने पहिलो निर्णय गरेको छु । यो निर्णय क्याबिनेटमा लैजान्छु’, मन्त्री यादवले भने ।

    प्रतिकृया दिनुहोस्