News Portal

  • पक्राउ पर्ने डरले घर फर्कन सकेनन् १५ मिटरब्याजी

    जनगर्जन संवाददाता२०८० फाल्गुण ३०
    ६४ पटक

    ३० फागुन, काठमाडौं । सरकारसँग सहमति भए पनि १५ जना मिटरब्याज पीडित गर्न फर्कनबाट रोकिएका छन् । २३ दिन पैदल हिँडेर न्याय माग्न काठमाडौं आएका पीडितहरुमध्ये १५ जना माथि पक्राउ पुर्जी जारी भएकाले उनीहरु घर फर्कन नसकेका हुन् ।

    मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनका अनुसार काठमाडौं आएका करिब १ हजार ७ सयमध्ये धेरैजसो मंगलबार नै घर फर्किसकेका छन् । १५ जनाको भने जिल्लामा पक्राउ पुर्जी भएकाले फर्कन नसेको उनले बताए ।

    ती पीडितहरु अहिले काठमाडौंमा बसिरहेका छन् । ‘बाँकी सबैजसो घर फर्किसक्नुभयो’, उनले भने, ‘तर फर्जी कागज बनाएर साहुले मुद्दा हालेर पक्राउ पुर्जी जारी भएकाहरु फर्किन सक्नुभएको छैन । पक्राउ पर्ने डरले उहाँहरु घर फर्कने अवस्था छैन ।’ उनीहरु बाँके, बर्दिया र सुर्खेतका मिटरब्याज पीडित रहेका नविनले बताए ।

    संघर्ष समितिका प्रवक्ता नविनले गृह मन्त्रालय मार्फत पहल गरेर पक्राउ नपर्ने सुनिश्चित गरेर घर फर्काउने कोशिस गरिएको बताए । सोमबार सरकार र मिटरब्याज पीडितबीच ४ बुँदे सहमति भएको थियो ।

    प्रतिकृया दिनुहोस्