News Portal

  • रागेचौर सल्यानमा”वर्तमान राष्ट्रिय संकट र अबको निकास” बिषयमा एक अन्तरक्रिया सम्पन्न

    जनगर्जन संवाददाता२०८० फाल्गुण २५
    ४६ पटक

    भिम भारती
    रागेचाैर सल्यान । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानले जिल्लाकाे कुमाख गाउँ पालिकामा ‘वर्तमान राष्ट्रिय संकट र अबको निकास’ बिषयमा एक अन्तरक्रिया सम्पन्न गरेको छ। पालिकाकाे केन्द्र रागेचाैर बजारमा सम्पन्न भएको साे अन्तरक्रिया कार्यक्रम आफ्नो पार्टीका विचार व्यक्त गर्दै साे पार्टीका पाेलिटव्युराे सदस्य माेहलाल चन्द ‘आधार सी’ ले देश अब राष्ट्रघाति एम सी सी पक्षधर र त्यसका विरोधीहरुबिचमा ध्रुवीकरणमा जाने बताउनु भयो । अहिले इतिहासमै सबभन्दा धेरै नेपालकाे राष्ट्रियता खतरामा परेको भन्दै आधार सीले भन्नु भयो, ‘अब नेपाली जनताले ध्यान नदिने हाे भने हाम्रो राष्ट्रियता थप खतरामा पर्छ।’

    नेपालका सबै पार्टीहरुभित्र भएका दलाल पुँजिवादीहरुलाई निकालेर फाल्नु पर्ने बताउदै उहाँले भन्नु भयो, ‘विभिन्न पार्टीभित्र भएका दलाल पुँजिवादीहरुले नेपालमा समाजवादकाे बाटो छेकेर बसेका छन्, त्यसकारण तिनिहरुलाई निकाल्नु पर्छ।’
    कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उहाँले समाजवादी क्रान्ति नै अहिलेकाे मुख्य निकास भएको बताउदै अगाडि भन्नू भयो, ‘देशमा कम्युनिस्ट, समाजवादी, लाेकतान्त्रिक गणतन्त्रवादी र देशभक्त मिलेर समाजवाद लागू गर्नु पर्छ।’
    अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज भीमसेन सीले ‘वर्तमान राष्ट्रिय संकट र अबको निकास’ बिषयमा एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । प्रस्तुत कार्यपत्रमा कार्यक्रममा उपस्थित विभिन्न बक्ताहरुले टिप्पणी गरेका थिए।
    कार्यपत्रमाथि टिप्पणी गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिलमाया बुढामगर ‘सिर्जना’ ले समाजवादबारे चेतना अभिवृद्धि गर्नु अहिलेकाे आवश्यकता भएको बताउनु भयो ।


    कार्यक्रममा बाेल्दै कुमाख गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकीले देश जर्जर तथा साँच्चिकै संकटमा रहेको बताउनु भयो ।
    कार्यक्रममा कमाख गाउँपालिकाका उपाध्यक्ष तथा नेकपा(एमाले) कानेता तथा अधिवक्ता लालबहादुर रावतले देशमा अन्धभक्तवाद, द्रव्यवाद र गुटवाद हटाएपछि मात्रै समाजवाद सफल हुने बताउनु भयो ।
    प्रस्तुत कार्यपत्रका मुख्य टिप्पणीकारकाे रुपमा रहनु भएका चर्चित पत्रकार, समाजसेवी तथा रेडियो तहल्काका स्टेसन म्यानेजर डिल्लीराज रावत, वामपन्थी बुद्धिजीवी टंकप्रसाद शर्मा, राष्ट्रिय जनमाेर्चाका सल्यान अध्यक्ष ढकन प्रसाद शर्मा,कुमाख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत छविलाल खडका, नेकपा(माओवादी केन्द्र) कुमाख गाउँपालिकाका अध्यक्ष डिल्ली राना लगायतले टिप्पणी गर्नु भएको थियो ।
    कार्यक्रममा कुमाख गाउँपालिकाका वडा अध्यक्षहरु, समाजसेवी तथा जेष्ठ नागरिकहरु प्रेम बहादुर भारती, काँशीराम कुमाइँ, अमृत बहादुर बुढाथोकी, दीप बहादुर चन्द, नारायण माविका प्रधान अध्यापक देबेन्द्र बहादुर रावत, सरस्वती माविका प्रधान अध्यापक सुकदेव थापा, अरनिको माविका प्रधान अध्यापक टेकबहादुर चन्द, बालविकाश आधारभूत विद्यालयका प्रधान अध्यापक प्रेम बहादुर रावत, बालकन्या आधारभूत विद्यालयका प्रधान अध्यापक वीर बहादुर बुढाथोकी लगायत परिवर्तनशील बुद्धिजीवी, कर्मचारी, युवा तथा महिलाहरुकाे सहभागीता रहेको थियो ।
    अन्तरक्रिया कार्यक्रम पार्टीका जिल्ला सचिव मदन चन्दकाे अध्यक्षतामा सम्पन्न भएको थियो । सामना साँस्कृतिक परिवारका कलाकारद्वारा नृत्य समेत प्रस्तुत गरिएको साे कार्यक्रमकाे संचालन पार्टी जिल्ला समितिका वरिष्ठ सदस्य मेसी सीले गर्नु भएको थियो भने कार्यक्रममा उपस्थितहरुलाई एकेन्द्र सीले स्वागत मन्तव्य दिएर स्वागत गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस्