News Portal

  • विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या

    जनगर्जन संवाददाता२०८० फाल्गुण २२
    ८२ पटक

    काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ ।

    विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।

    फेसबुकसँगै मेटाको इन्स्टाग्राममा पनि समस्या देखिएको छ । इन्स्टाग्रामले पूर्णरूपमा काम गर्न छाडेको छ ।मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।
    अहिलेसम्म फेसबुकले आधिकारिकरूपमा कुनै जानकारी दिएको छैन ।

    प्रतिकृया दिनुहोस्