News Portal

  • जनताको चाहना अनुसार काम गर्ने गठबन्धन निर्माण भएको हो :- वर्षमान पुन

    जनगर्जन संवाददाता२०८० फाल्गुण २१
    ७३ पटक

    २१, फाल्गुन काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय आवश्यकता र जनताको चाहना अनुसार कामलाई थप प्रभावकारी बनाउन नयाँ गठबन्धन बनेको बताएका छन् ।

    आज साँझ चार दलबीच बालुवाटारमा भएको आठबुँदे सहमतिपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले मुलुकको सुशासन, विकास सामाजिक न्याय र समृद्धिका सवालमा समान सोच राख्ने दलहरूबीच सहमति भएको बताए ।

    बालुवाटार बैठकमा चार दलबीच विभिन्न आठ बुँदामा सहमति भएको छ । सहमतिअनुसार सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।

    रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उमेदवार र उपाध्यक्षमा नेकपा (एमाले) का उमेदवार समर्थन गर्ने सहमति भएको छ

    प्रतिकृया दिनुहोस्