News Portal

  • चितवन शालिन मृत्यु प्रकरण : ‘सुसाइड नोट’को अक्षर पनि जाँच गरिँदै

    बालिकाको झुण्डिएर मृत्यु भएको पोस्टमर्टम रिपोर्ट

    जनगर्जन संवाददाता२०८० फाल्गुण २०
    १६२ पटक

    २०८० फाल्गुण २० काठमाडौ । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी बालिकाको कोठामा भेटिएको ‘सुसाइड नोट’ पनि प्रहरीले जाँच गर्ने भएको छ ।

    शालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गर्ने भएको हो ।

    स्काउटको डोरीमा कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा १४ वर्षीया शालिन पोखरेलको शव होस्टलको कोठामा भेटिएको थियो ।

    ‘किशोरीको पुरानो नोट बुकहरु मगाएर सुसाइड नोट पनि ल्याबमा पठाइसकेका छौं, सम्भवतः आजै साँझ वा भोलिसम्ममा रिपोर्ट आउँछ’, ‘प्रहरी यो घटनाको अनुसन्धानमा एकदमै संवेदनशील छ । प्रहरीले भने संवेदनशीलतालाई मध्यनजर गर्दै शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाएको जनाएको छ ।

    काठमाडौंमा भएको पोष्टमार्टमको प्रतिवेदन समेत तयार भइसकेको छ । जसमा झुण्डिएका कारण मृत्यु भएको उल्लेख छ ।

    किशोरीको परिवारका सदस्यले बलात्कार भएको आशंका गरेपछि प्रहरीले यसमा पीडितको संवेदनशील अंगको पनि जाँच गरेको थियो । तर, त्यस्तो कुनै संकेत नदेखिएको रिपोर्टमा उल्लेख छ ।

    उनका बुबा दीपेन्द्र पोखरेल र आमा सगुन पोखरेलबीच सम्बन्ध विच्छेद भएपछि शालिन रत्ननगर नगरपालिका–१५, माधवपुरमा रहेको मामाघरमा हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । पछिल्लो समय उनलाई मावलीले विद्यालयको होस्टलमा राखिदिएका थिए ।

    घटनापछि चितवन पुगेका शालिनका बाबु दीपेन्द्रले प्रहरीसमक्ष किटानी जाहेरी दिएका थिए । त्यसपछि विद्यालयका प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेल पक्राउ परेका थिए ।

    उनीहरु तीनै जनाविरुद्ध प्रहरीले ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद लिएको थियो ।

    प्रतिकृया दिनुहोस्