News Portal

  • पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना

    जनगर्जन संवाददाता२०८० फाल्गुण १६
    ४४ पटक

    काठमाडौं । आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेनेछ ।

    हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले मौसममा सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    आज उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बिहीबार र शुक्रबार पनि मौसममा आंशिक बदली जारी रहने र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्