News Portal

  • खाली खुट्टा हिडेर मिटरब्याजीहरुले गरे प्रदर्शन

    जनगर्जन संवाददाता२०८० फाल्गुण १५
    ४३ पटक

    काठमाडौं । तराई क्षेत्र बाट २३/२४ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटर व्याज पीडितहरुले काठमाडौंमा खाली खुट्टा हिँडेर प्रदर्शन गरेका छन ।

    उनीहरुले मंगलबार दिउँसो काठमाडौंको भृकुटी मण्डपदेखि खाली खुट्टा हिँडेर टुँडिखेल परिक्रमा गरेका हुन।

    उनीहरुले सोमबार नै खाली खुट्टा हिँडेर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर प्रहरीले सामान उठाउने डरले उनीहरुले सोमबार भृकुटी मण्डप छाडेका थिएनन ।

    मिटरब्याज पीडितको न्यायका लागि भन्दै १६ माघमा पूर्वबाट ५०० र पश्चिमबाट २०० जना पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए ।उनिहरुले पैदल यात्रा

    मिटरब्याजको समस्याबारे जाँचबुझ गर्न बनेको आयोगले २८ हजार निवेदनका आधारमा पीडित र साहुबीच ५ अर्ब ५७ करोड १९ लाख रुपैयाँ बराबरको लेनदेनको लिखत फेला परेको थियो ।

    पीडितहरुले ती सबै लिखत खारेज हुनु पर्ने र आफूहरुले लिएको पैसाको आधारमा ऋण तिर्न पाउने व्यवस्थाको माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्