News Portal

  • अध्यक्ष शेर्पाले भने बैठक बस्न नसके पदबाट राजीनामा दिन्छु

    जनगर्जन संवाददाता२०८० फाल्गुण १५
    ६० पटक

    काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय समितिको बैठक बस्न नसके पदबाट राजीनामा दिने बताएकाछन ।

    संघको तदर्थ समिति बनेको छ महिनापछि बसेको केन्द्रिय समिति बैठकप्रति संस्थापन पक्षले असन्तुष्टि जनाएपछि विवाद भएको हो ,केन्द्रीय समितिको बैठक बस्छ । बैठक बस्ने अवस्था नबने मेरो राजीनामा आउँछ शेर्पाले भने समूहबीच समन्वय नगरी अध्यक्ष शेर्पाले जिल्लाहरुमा अध्यक्ष तोकेको भन्दै शेखर-गगन पक्षका संघका नेता कार्यकर्ताले विरोध गर्दै आएका छन् ।

    पूर्वाग्रह पूर्ण निर्णय गरिएको उक्त पक्ष आरोप छ । शेखर पक्षका विद्यार्थी नेताहरु मंगलबार बिहान सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । सभापति देउवाले संघका अध्यक्ष शेर्पालाई फोन गरेर सबैलाई मिलाएर कार्यक्रम गर्न निर्देशन दिएको शेखर पक्षका विद्यार्थी नेता भुवन भट्टले जानकारी गराए ।

    ७११ जनाको रहेको तदर्थ समितिको पहिलो बैठक तथा सम्मान कार्यक्रम आजका लागि निर्धारण गरिएको थियो । दुई पक्षबीच सहमति हुन नसक्दा बैठक हुने/नहुने अन्योल कायमै छ ।

    प्रतिकृया दिनुहोस्