News Portal

  • न्यायाधीशका पीएसओको घरबाट पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ

    जनगर्जन संवाददाता
    १७९ पटक

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी पीएसओ प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

     

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ रहेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमुद ढुंगेलका अनुसार ३० असारमा चोरी गरेको पेस्तोल र त्यसमा लाग्ने ७ राउण्ड गोली बौद्धको शिवमन्दिर नजिकै बरामद भएको छ ।

    प्रहरीका अनुसार, सई खड्काको घर नजिकै उनीहरु चोरी गर्न गएका थिए । फर्किँदा झ्याल खुल्लै देखेपछि अंकुशे लगाएर झोला तानेका थिए । झोलाभित्र खड्काले पेस्तोल, त्यसमा लाग्ने गोली लगायत राखेका थिए ।

    पेस्तोल चोरी भएलगत्तै उनले भोलिपल्ट प्रहरी वृत्त, बौद्धमा जानकारी गराएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्