News Portal

  • आइतबारदेखि अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरिने

    जनगर्जन संवाददाता
    २०३ पटक

    काठमाडौं । आइतबारदेखि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणको काम अनलाइनबाटै हुने भएको छ । अब विदेशमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेहरूले घरबाटै चारित्रिक प्रमाणपत्र प्रिन्ट गर्न सक्ने भएका छन् ।

     कन्सुलर सेवा विभागले वेबसाइटबाटै प्रमाणपत्र प्रमाणीकरणका लागि आवेदन तथा अनलाइन राजस्व भुक्तानीको व्यवस्था गरेकाे छ । यसअघि प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य काम अनलाइनमैत्री बनाइए पनि कन्सुलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न त्रिपुरेश्वरस्थित कार्यालयमै जानुपर्ने बाध्यता थियो ।

    सेवाग्राहीले अनलाइन आवेदन दिएको एक कार्यदिनमै प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्नसक्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्