News Portal

  • सुन तस्करीको उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले गर्यो संसद अवरुद्ध

    जनगर्जन संवाददाता
    ८७ पटक

    काठमाडौं । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले संसदमा नाराबाजी गरेको छ ।

    सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्वीन्टल सुन प्रकरणमा ड्राइभर र भरिया मात्रै पक्राउ परेको र मुख्य व्यक्ति अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । नेकपा एमाले र राप्रपाले त यो प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्