News Portal

  • मनमायाँ गुरुङको दोस्रो वार्सिकीको अबसरमा शैक्षिक सामाग्री हस्तान्तरण

    जनगर्जन संवाददाता
    ९८ पटक

    जेष्ठ १७ । पोखरा
    नेापल कम्युनिस्ट पार्टीकी पिविएम तथा वेपता योद्धाका परिवार सावित्रा सी कमरेड आस्थाकी ममतामयी आमा मनमायाँ गुरुङको दोस्रो वार्सिकीको अबसरमा सहिद स्मृति आबसिय बिद्यालय पोखरामा आदरणीय आमाको स्मृति तथा सम्मानमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ ।

    बेपत्ता योद्धा तथा तात्कालिन विद्यार्थी नेता पुर्ण पोडलकी आमा मोतिमायाँ पोडेल, माइली छोरी तथा ने क पा कि पोलिट ब्यूरो सदस्य क आस्था , कान्छी छोरी तथा ने क पा ( माओवादी केन्द्र ) कि प्रदेश अध्यक्ष गायत्री गुरुङ , ज्वाइँ तथा समाजसेवी केदार पौडेल , छोरा रबि प्रकाश , बुहारी कल्पना दुरा ,बिधालय ब्यबस्थापन समितिकि सदस्य तेज कुमारी पौडेल , ने क पा का केन्द्रिय सदस्य तथा कास्की इन्चार्ज क उभार सी, जिल्ला सेक्रेटरी क काजी सी , माओवादी केन्द्रका वडा संयोजक शिबराज कंडेल लगाएत परिवार तथा आफन्तहरुको आतिथ्यता र उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता जेठी छोरी लक्ष्मी गुरुङ र सन्चालन कान्छा ज्वाइँ तथा माओवादी केन्द्र का नेता बखान सिङ तमु ले गर्नुभएको थियो। उक्त कार्यक्रममा छोरी क आस्था र माइला ज्वाइँ केदार पौडेलले आमाको जिबनी सहित जनयुद्धमा आमाले खेल्नुभएको भुमिकाको चर्चा सहित महत्त्वपूर्ण भनाइ राख्नुभएको थियो ।


    एक मिनेट मौन धारण सहित आमा मन माया गुरुङको फोटोमा माल्यर्पण गरि सुरु भएको उक्त कार्यक्रममा आमाको सम्मान र सम्झनामा सहिद स्मृति आबासीय विद्यालय पोखराका खेलकुद शिक्षक निशान कार्की तथा बिधालय परिवारलाई आमा मोतिमायाँ पौडेल सहित छोराछोरी , ज्वाइ लगाएत परिवार बाट खेलकुद तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो।

    प्रतिकृया दिनुहोस्