News Portal

  • नेकपाका महासचिव विप्लव सी सडक दुर्घटनाका घाइतेको अवस्था बुझ्न ट्रमा सेन्टर

    जनगर्जन संवाददाता
    १२५ पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले सुर्खेतवाट कालिकोट जाँदै गरेको सडक दुर्घटनाका घाइतेहरुको उपचार र उनीहरुको अवस्थामा वारे जानकारी लिएका छन् ।

    महासचिव विप्लव सी ले आज साँझ ट्रमा सेन्टर पुगेर उपचारत घाइतेहरुको अवस्थामा वारे जानकारी लिएका हुन् । साथै महासचिव विप्लव सी ले दुर्घटनाका घाइतेहरुको उपचारमा कुनै कमि नगर्न चिकित्सकलाई आग्रह गरेका थिए।

    आज मध्यान्ह भएको उक्त सडक दुर्घटनाका घाइतेहरुको नेपाल कम्युनिस्ट पार्टीको पहलमा हेलिकप्टरमार्फत उद्धार भएको थियो । सुर्खेतबाट कालीकोटतिर गइरहेको बोलेरो जीप दैलेख जिल्ला आठबीसकोट गाउँपालिका वडा नं. १ डावमा दुर्घटना हुँदा कालीकोट जिल्ला नरहरीनाथ गाउँपालिका ७ वर्षीय भिष्म बोगटी, ८ बर्षीय प्रतिक्षा बटाला, ८ वर्षीय प्रशान्त बुढा र ३३ बर्षीय दुर्ग वोगटी गम्भीर घाइते भएका थिए भने अन्य ९ जना यात्रुहरु सामान्य घाइते भएका छन। उक्त दुर्घटनाको खबर सार्वजनिक हुना साथ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बिशेष पहल लिएर घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार गराएका थिए ।

    प्रतिकृया दिनुहोस्