News Portal

  • जातीय विभेद गर्ने जनप्रतिनिधि पक्राउ

    जनगर्जन संवाददाता
    १३८ पटक

    २० चैत ,२०७९,पोखरा । जातीय विभेद गरेको आरोपमा फरार रहेको वडासदस्य पक्राउ परेका छन । प्रहरीले आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानका वडा सदस्य रामजी लामिछानेलाई पक्राउ गरेको छ। लामिछाने विरुद्ध पोखरा २९ भण्डारढिकका नारायण परियारले जातीय विभेद गरेको आरोपमा उजुरी दिएका थिए । गत चैत ७ गते परियारले दिएको उजुरीमा वडासदस्य लामिछानेसहित सुजन लमिछाने, सरिता लामिछाने र सन्तोष परियारले आफूमाथि विभेद गरेको उजुरीमा उल्लेख छ।

    नारायण परियारको उजुरीपछि फरार रहेका सन्तोष परियार र सुजन लामिछाने लाईचैत १२ गते पक्राउ गरेका थिए । वडा सदस्य लामिछाने र सरिता लामिछानेलाई आइतबार पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

    पीडित नारायण परियार माथि उनीहरुले गत फागुन २५ गते विभेद गरेका थिए । नारायण आफन्तको घरमा व्रतवन्धको निम्ता मान्न जाँदा भान्सा छोइदिएको भन्दै वडा सदस्य लामिछानेले सबै खाना भुइँमा फालिदिएका थिए । खाना फाल्नेमात्र नभई परियारलाई छुट्टै भान्सा बनाइएको थियो । परियारले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन २०६८ अनुसार कारवाहीको माग गर्दै उजुरी दिएका थिए ।

    प्रतिकृया दिनुहोस्