News Portal

  • २१ वर्ष पछि श्रीमानको चिहान खोज्दै शहिद परिवार बागलु निसि देखि ताराखोलामा

    जनगर्जन संवाददाता
    १४० पटक

    विष्णु विश्वकर्मा
    २०७९, चैत्र १ बुधवार

    बागलुङ तत्कालिन जनयुद्धमा आफ्नो श्रीमान गुमाएका निसिखोलाका शहिद परिवार २१ बर्ष पछि श्रीमानको हत्या गरि गाडिएको स्थानमा पुगि श्रद्धाञ्जली अर्पण गरेका छन ।

    निसिखोला गाउँपालिका वाड न १ गौमला मल्ल र वडा न २ का फुलमाया छन्त्याल र करिमा छन्त्याल ले २१ वर्ष पछि श्रीमानको चिहान खोज्दै ताराखोला गाउँपालिका वडा न २ अर्गल भन्ने ठाउँमा पुगेका हुन ।

    २०५८ साल फाल्गुन २७ गते तत्कालीन द्वन्दको समयमा शाहि नेपालि सेनाले बागलुङको साबिक देविस्थान गाविसका राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरु रोशन ध्वज मल्ल ,टीका छ्न्त्याल र डोर बहादुर छन्त्याल लाई गिरफ्तार गरि हेलिकप्टरमा भातखाने डाडाँ सम्म लिएर आँखामा पाट्टी बाधेर को अर्गल गाविस वडा न ९ डन्थु गयरमा विभत्स ढंगले हत्या गरि गाडिएको स्थानीय सुर्य बहादुर घर्ती ले बताउनु भयो ।

    २१ वर्ष पछि आफ्ना श्रीमानहरु चिहान खोज्दै उनिहरुका परिवार सहित गयर पुगेका थिए । आफ्ना श्रीमानको शव गाडिएको स्थानलाई उत्खनन गर्दै श्रीमती गौमला मल्ले शब गडिएको स्थान मा आवश्यकता अनुसार केही संरचना बनाउने बताउनु भएको थियो।

    सहिदहरुको शव राखिएको स्थानलाई खोतल्दै आफुहरुको सस्कार अनुसार पार्टीको झन्डा ठडाउदै ,फलफूल अगर बत्ती चदाएर श्रद्धाञ्जली अर्पण गरि शोक मनाएका थिए ।

    २०५८ सालमा निसिखोलाका रोसन ध्वज मल्ल, टीका छन्त्याल , डोर बहादुर छन्त्याल ,झम बहादुर कुवर, पदम छन्त्याल , न्याउली छन्त्याल , मान बहादु पुन ,रिमा परियार, मान बहादुर दर्जी र टेक बहादुर छन्त्याल लाई भिमगिठे आर्मी क्यामले सोधपुछ को लागि भनी पत्र पठाएको आधारमा निज १० जना आर्मी क्याम पुगेका थिए ।

    १० जना मध्य ७ जनालाई सोधपुछ गरि छोडेको र ३ जनालाई साविकको अर्गल गाविस वडा न ९ हालको ताराखोला गाउँपालिका २ डन्थु गयारमा लगेर हत्या गरिएको पुन्य तिथी पारी चैत्र १ गते मृत्यु भएको स्थान पुग्नु भएको थियो ।

    शहिद परिवारहरुलाइ स्थान पहिचान र आबश्यक सहयोगका लागि समाजसेवी तिर्थ सिङ थापा, स्थानीय तथा अर्गल गा बि स का पुर्ब अध्यक्ष दिलबहादुर घर्ती मगर र प्रत्यक्ष दर्शी लालबहादुर परियार ले सहजीकरण गर्नु भएको थियो।

    प्रतिकृया दिनुहोस्