News Portal

  • जनयुद्धको सम्पूर्ण जिम्मेवारी नेकपाले लिन्छ : विप्लव

    जनगर्जन संवाददाता
    ८१ पटक

    काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले १० बर्षे जनयुद्धको जिम्मेवारी आफूले लिने बताएका छन् । ५ पार्टी निकत संयुक्त महिला संघ संघर्ष समितिले आयोजना गरेको ‘वर्तमान परिस्थिति र महिला मुक्तिको प्रश्न’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै विप्लवले १० बर्षे जनयुद्धको जिम्मा आफूले लिने बताएका हुन् ।
    १० बर्षे जनयुद्धमा महिलाको ठूलो योगदान गरेको भन्दै त्यही योगदानका कारण नेपालमा ठूलो परिवर्तन भएको उनको भनाई थियो । ‘नेपाली महिला अन्दोलनको उत्कर्ष भनेको जनयुद्ध हो । यो सबैले बुझ्नु पर्छ । जनयुद्धलाई कसैले पनि मिनिमाइज गर्न हुन्न ।गोष्ठीलाई सम्बोधन गर्दै विप्लवले भने‘जनयुद्धमा सहभागीहरुलाई केही मान्छेहरुले हत्यारा, केहिले अपराधि भनेका छन् । त्यो हाम्रो लागि स्वीकार्य छैन । जनयुद्धको समिक्षा गर्ने जिम्मा हाम्रो । यसको समिक्षा हामी गछौँ ।
    जनयुद्धामा भएको महिला सहभागीले महिला आन्दोलनमा ठूलो भूमिका खेलेको उनको भनाई थियो । ‘जनयुद्धमा ४० प्रतिशत महिलाले सत्तामा भाग लिएका थिए । ३५ प्रतिशत महिलाहरु जनमुक्ति सेनामा थिए । कुनै पनि विभागमा महिलाको समान सहभागीता थियो । कयौँ क्षेत्रमा महिलाको अगुवा भूमिका थियो ।’, उनले भने, ‘यो एउटा क्रान्ति हो । क्रान्तिले समस्याको समाधान गर्छ । क्रान्ति विना महिलाहरुको मुक्ति सम्भव छैन । अलि अलि सुधार हुन्छ तर महिलाको मुक्ति सम्भव हुँदैन ।’
    माओवादीमाथि चौतर्फी हमला भएको भन्दै विप्लवले जनयुद्धका उपलब्धीको रक्षा आफूहरुले गर्ने बताए । ‘हामी माओवादीमाथि चौतर्फी हमला भएको छ । को कता छ ? छोडिदिउँ । जनयुद्धको रक्षा हामी गछौँ, संरक्षण हामी गछौँ । प्रचण्डले गर्छन गर्दैनन् त्यो उनको कुरा हो । हामी गछौँ ।’, उनले भने, ‘हामीलाई हाम्रो लक्ष्यमा जानबाट रोकेर विश्वभरका डाँकाहरुले हामीमाथि षड्यन्त्र गरे, एक ठाउँमा बसेर हामीमाथि हमला गरे, हामीमाथि षड्यन्त्र गरे ? जनयुद्धबाट नौलो जनवाद आएको भए हामी जिम्मेवार हुन्थ्यौं नी । अहिले हामीले अहिले सहिदहरुलाई शहिद भन्न नपाउने, घाइतेको बारेमा बोल्न नपाउने, बेपत्ताको खोजि गर्न नपाउने अबस्था छ ।
    सामन्तवाद को अन्त्य जनयुद्धले गरेको भन्दै त्यसमा महिलाको ५० प्रतिशतभन्दा धेरै सहभागीता रहेको बताए । माओवादीका कारण देशमा संकट आएको नभई दलाल पुँजीवादले त्यसलाई माओवादी तिर लक्षीत गरेको उनको भनाईको थियो ।

    प्रतिकृया दिनुहोस्