News Portal

  • काठमाडौं महानगर पालिकाले सार्वजनिक गर्यो जैविक र अजैविक फोहोर फाल्ने समय तालिका

    जनगर्जन संवाददाता
    २९४ पटक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै दिनमा संकलन गर्ने भएको छ ।

    वातावरण तथा कृषि विभागले फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै कुहिने फोहोर आइतबार र बुधबार तथा नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन हुने जनाएको छ । सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौँले वा कम्पोस्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ ।

      नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न पुन: चक्रीय फोहोर कबाडी संकलकलाई बेचेर आय आर्जन गर्ने र प्लास्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिन आग्रह गरिएको छ ।  फोहोरलाई स्रोतमा नछुट्याउने उत्पादकलाई प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना तिराइने विभागको भनाइ छ ।

    ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्