News Portal

  • उम्मेदवारी फिर्ता गर्न आज साँझ ५ बजे सम्मको समय

    जनगर्जन संवाददाता
    ३१५ पटक

    काठमाडौं । निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । यो अवधिमा फिर्ता नलिएका स्वतन्त्र उम्मेदवारहरुलाई चिन्ह प्रदान गर्ने तयारीमा आयोग छ ।

    स्वतन्त्र उम्मेदवारीका कारण सवै राजनितिक पार्टीहरुलाई समस्या बन्दैं गएको छ ।  सत्ता गठबन्धनका दलहरुले भने पार्टीको नीति बाहिर गएर दिईएको उम्मेदवारी फिर्ता गर्न निर्देशन गरि सकेका छन् ।

    ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम पार्टीबाट स्वतः निष्कासित जनाएको छ । यो समस्या नेकपा ( माओवादी ) केन्द्र  र एमाले लाई पनी परेको छ ।

    प्रतिकृया दिनुहोस्