News Portal

  • नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने

    जनगर्जन संवाददाता
    ५४१ पटक

    नेपाली काँग्रेसले विपक्षी गठबन्धनलाई थप कसिलो बनाउँदै लैजाने निर्णय गरेको छ । विहीबार र शुक्रबार बसको केन्द्रीय कार्यसमिति बैठकले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव खेमा सम्मिलित गठबन्धनको  निरन्तरता दिने निर्णय गरेको हो। काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ ।

    बैठकपछि काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘हामी चाहन्छौँ लोकतन्त्रको रक्षा होस् । संविधानको रक्षा होस् । र त्यसमा जो पार्टीहरू व्यक्तिहरु जोडिन चाहुनुहुन्छ, उहाँहरुलाई जोड्दै यसलाई अझ मजबुतका साथ अगाडि बढाउने छौं ।’

    संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि प्रधानमन्त्री ओली विरुद्धको बृहत मोर्चा एकताबद्ध बनाएर जाने बैठकको निष्कर्ष रहेको महतले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्